हुती विद्रोहीको चेतावनी- गाजामा युद्ध अन्त्य नगरे इजरायमा मिसाइल र ड्रोन आक्रमण जारी राख्छौं

सफल खबर संवाददाता

बुधबार, १५ कार्तिक २०८०, १० : ५७
हुती विद्रोहीको चेतावनी- गाजामा युद्ध अन्त्य नगरे इजरायमा मिसाइल र ड्रोन आक्रमण जारी राख्छौं

काठमाडौं। इरान समर्थित हुती विद्रोहीले गाजासँग युद्ध अन्त्य नगरे इजरायमा मिसाइल र ड्रोन आक्रमण जारी राख्ने चेतावनी दिएको छ । विद्रोहीको 'अल-मसीराह टीभी' मा एक बयान जारी गर्दै भनिएको छ, 'हमालविरुद्धको आक्रमण बन्द नगरेसम्म इजरायलविरुद्ध मिसाइल र ड्रोन आक्रमण जारी राख्नेछौं ।'

 

मंगलबार हुती विद्रोहीले इजरायलतर्फ ठूलो संख्यामा मिसाइलहरू प्रहार गरेको थियो ।हुती विद्रोही समूहले यमन युद्धका क्रममा साउदी र यूएईमा पनि आक्रमण गरेको थियो । यता बोलिभियाले गाजामा हमला गरेको भन्दै इजरायलसँगको सम्बन्ध तोडेको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस