इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टाइनीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १५ कार्तिक २०८०, १० : १२
इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । वेस्ट बैंकको जेनिन सहरमा भएको इजरायली सेनासँगको आक्रमणमा चारजना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली सेनाले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको हो । साथै अन्य ६ जना घाइते भएका बताइएको छ ।

झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्याम्पमा प्यालेस्टाइनी लडाकु र इजरायली सेनाबीच झडप भएको थियो ।

मारिएकामध्ये एकजना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वर्षीय वाम इयाद हानौन रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस