काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश गरेकी छन्।
पुर्व सांसदसमेत रहेकी विश्वकर्मा मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरे।
उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन्। एमाले प्रवेशसँगै माओवादी कपिलवस्तुलाई धक्का लागेको छ।
उनी सहिद परिवारको सदस्य पनि हुन्। ओली निवास बालकोटमा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य गिरधारीलाल न्योपाने, जिल्ला अध्यक्ष डम्मर शर्मा लगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस