काठमाडौ । दाङमा तरकारी बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
राजपुर गाउँपालिका-२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवलाई उपचारका लागि ८ बजे लमही अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।
दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर – २ की २६ वर्षीया सविना यादव घाइते छिन्।
उनको लमही अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए। ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु