काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्र प्रत्येक ५ सय मिटरमा आधुनिक सार्वजनिक शौचालय बनाउने भएको छ ।महानगरले शौचालय निर्माणको प्रगतिबारे सबै वडासँग प्रगति विवरण माग गरेको छ ।
महानगरको सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा. शिवराज अधिकारीले सोमवार सबै वडासँग प्रगति विवरण माग गरेका हुन् ।महानगरको ११ औं नगरसभाको निर्णयअनुसार प्रत्येक वडामा शौचालय निर्माणका लागि ठाउँ पहिचान गर्न वडालाई अधिकार प्रत्यायोजन गरिएको थियो ।
सार्वजनिक खरिद प्रक्रियाअनुसार आधुनिक शौचालय निर्माणको प्रगति विवरण पेस गर्न मेयर बालेन शाहले निर्देशन दिएका प्रमुख अधिकारीले सूचनामार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह