काठमाडौं। ब्रासिलिया–उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थलनजिकै दुर्घटना भएको एकर राज्य सरकारले आइतवार बताएको छ ।
दुर्घटनामा विमान चालक र सहचालकसहित नौ वयस्क र एक शिशुसहित सबै १० यात्रुको निधन भएको हो । अल जजिराका अनुसार मर्ने यात्रुहरूको राष्ट्रियता पत्ता लागेको छैन ।
यसैबीच अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिने घोषणा गरेका छन् ।स्थानीय कम्पनी एआरटी ट्याक्सी एरेओले सञ्चालन गरेको उक्त विमान छिमेकी अमेजनस राज्यको एनविरा सहरतर्फ गइरहेको थियो ।
अल जजिराका अनुसार विमानमा आगो निस्कियो तथा पेरु र बोलिभियासँगको ब्राजिलको सीमा नजिक दुर्गम क्षेत्रमा जङ्गलमा आगो लाग्यो ।दुई महिनाभन्दा पनि कम समयमा यो दोस्रो दुर्घटना हो । सेप्टेम्बर महिनामा अमेजनस राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनासँगको हारपछि ब्राजिलका प्रशिक्षक बर्खास्त
विश्वकप छनौटमा बराबरीमा रोकियो ब्राजिल
ब्राजिलको सुप्रिम कोर्टबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
चिलीमाथि ब्राजिलको कमब्याक जित
रोड्रीगोको गोलमा ब्राजिल विजयी