काठमाडौँ । सोमबार एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दुई वटै समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
पूर्वाधार विकास समितिको बैठकमा दसैँ, तिहार तथा छठ लगायतका पर्वहरूमा देशभर ठुलो सङ्ख्यामा यात्रुहरूको आवतजावत हुने हुँदा सडक पूर्वाधारको अवस्था र यात्रुहरूलाई सहज रूपमा यातायातको प्रबन्ध गर्न दिएको निर्देशन र सो सम्बन्धमा मन्त्रालयले गरेको कामको समीक्षा हुनेछ ।
त्यस्तै ललितपुर ग्वार्कोस्थित फ्लाई ओभर, कालिमाटीस्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भई सञ्चालनमा नरहेको पुल र चक्रपथ बिस्तार आयोजना अन्तर्गतको कलङ्कीदेखि वसुन्धरा क्षेत्रको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ । यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा
शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी
आज ९ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै