काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।आइतबार राष्ट्रपति भवन शितल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए ।
छलफलका क्रममा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारको रुपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्वमा राखेको बताएका राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उनले संयुक्त राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद समेत दिएका छन् ।
यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गरेका थिए ।
चार दिने नेपाल भ्रमणका क्रममा रहेका उनी सोमबार र मंगलबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मंगलवार संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
राष्ट्रपति पौडेलले गरे गाई पूजा
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस
जेनजी वार्ता टोलीले राष्ट्रपति पौडेललाई बुझाए ८ बुँदे माग
राष्ट्रपतिले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक