काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन् । नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह-२०८३ लाई सम्बोधन गर्दै उनले हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व कला, साहित्य र संगीत रहेको बताए ।
कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाइ थियो ।
राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको बताए ।
उनले नेपाली संगीतको विकासमा परम्परा र आधुनिकताको सन्तुलन कायम गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै परम्परागत धुन, लय र शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीन प्रयोगमार्फत नयाँ सिर्जना गर्नु आजका सर्जकहरूको चुनौती र अवसर दुवै भएको बताए ।
राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीत संगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने भन्दै सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि भएको बताए ।
उनले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पुर्याएको योगदान अनुकरणीय रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ बैशाख २०८३, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास
यस्तो छ संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले गरेको सम्बोधनको पुर्णपाठ
जनअपेक्षा अनुरूप शासन सञ्चालन गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड