काठमाडौँ । काठमाडौँको माछापोखरी स्थित ‘रोयल लाउन्ज एण्ड बार’मा दुई जना भारतीय नागरिकलाई लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित किङ्स अकबरे ममः रेष्टुरेन्टका सञ्चालक नुवाकोट घर भएका २७ वर्षीय उमेश लामा सहित ३ जना छन् ।
आरोपितहरूले काठमाडौँ महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटेलबाट भारतीय नागरिकलाई ‘सस्तोमा ग्रिन टी मिलाइदिन्छौ’ भनेर ट्याक्सीमा राखेर माछापोखरीमा लगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारतीय नागरिकहरू ९ कात्तिकबाट वाल्डो होटेलमा बस्दै आएका थिए ।
६ जनाको समूहले ट्याक्सीमा राखेर माछापोखरीमा लगेपछि कुटपिट गरेर ४९ हजार नेपाली र ५० हजार भारतीय रुपैयाँ ट्रान्सफर गर्न लगाएको पीडितको आरोप छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ