जनकपुरधाम । धनुषामा मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । हत्या अभियोगमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी र हरिचन मण्डल परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
गत बिहीबार जनकपुरधामको धान खेतमा मृत भेटिएका युवकको उनीहरूले लागु औषध सेवन गरी मोबाइलको विषयमा सामान्य विवाद हुँदा हत्या गरेको खुलेको हो । मृतकमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने रुपेश महरा रहेका छन् ।
गत बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा रुपेशको शव फेला परेको थियो । घटनास्थलको अनुसन्धान डग टोलीसहित परिचालन गरी गरिएको थियो ।
तीनै जना लागु औषध सेवन गरेपछि मोबाइलको विषयमा भएको सामान्य विवादको कारण बाँसको भाटा प्रहार गरी दुवै जना साथी मिलेर प्रहार गरी धान खेतमा फालेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
उनीहरु बुधवार टेम्पो चढी जटही हुँदै भारतको पारी बजारमा गई लागु औषध मिरिन्डा पेयपदार्थमा मिसाई सेवन गरेका थिए । पुनः जनकपुर आई सोही राति साढे ९ बजे जनकपुरधाम उप(महानगरपालिका वडा नं।
२३ स्थित बाटोमा मोवाईल सेटको बिषयमा वाद(विवाद हुँदा हरिचन मण्डलले बासको गोलो भाटाले मृतक रुपेशको टाउको लगायत पिठ्युको भागमा प्रहार गरी फालेको प्रहरीले जनाएको छ ।पवन सहनीले हरिचन मण्डललाई सहयोग गरेको खुलेको छ । दुबै जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान गरिरहेको एसपी खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ