कुखुराको मासुको मूल्य घट्यो

सफल खबर संवाददाता

आइतबार, १२ कार्तिक २०८०, ०८ : १२
कुखुराको मासुको मूल्य घट्यो

काठमाडौ । दसैँमा  बिक्री  नभएका  कुखुरा  बेच्नका  लागि  व्यवसायीले त्यसको मूल्य घटाउने भएका छन् ।

दसैँलाई लक्षित  गरी  उत्पादन  गरेको  कुखुरा  लक्ष्य  अनुसार  बिक्री नभएपछि त्यसलाई बेच्नका लागि मूल्य घटाउन लागिएको कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष जङ्गबहादुर सिंहले बताए ।

उनका अनुसार कात्तिक १० गतेदेखि प्रतिकिलो १५  रुपियाँ  मूल्य  घटाएर  किलोको  ३७५  गरिएको  छ । यसअघि कुखुराको मासु प्रतिकिलो ३९० मा बिक्री भइरहेको थियो । 

‘मूल्य अझ कम हुन्छ, उनले भने, “हामीसँग बढी भएको कुखुरा बेच्नका लागि अझै मूल्य घटाउनु परे घटाउँला तर बढी भएको कुखुरा बेच्नुपर्ने बाध्यता आइसकेको छ ।” गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस