काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताएका छन्। काँग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष नेपालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताए।
उनले युद्धलाई टुङ्ग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी काम हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। उनले अब सो विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घको महासचिव नेपाल भ्रमणमा आएको बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने बताए।
अध्यक्ष नेपालले पुराना राजनीतिक दल विभिन्न परीक्षामा जाँचिएर आएका उल्लेख गर्दै आफूहरू पुनः अग्निपरीक्षामा जाँचिन तयार रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव