काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताएका छन्। काँग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष नेपालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताए।
उनले युद्धलाई टुङ्ग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी काम हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। उनले अब सो विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घको महासचिव नेपाल भ्रमणमा आएको बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने बताए।
अध्यक्ष नेपालले पुराना राजनीतिक दल विभिन्न परीक्षामा जाँचिएर आएका उल्लेख गर्दै आफूहरू पुनः अग्निपरीक्षामा जाँचिन तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार