काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी चारदिने भ्रमणमा शनिबार राति नेपाल आउँदै छन् ।
विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार उनको सुरक्षा व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको सेनाले जनाएको छ ।
भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुका साथै पूर्वप्रधानमन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले कात्तिक १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । उनले काठमाडौँ उपत्यकाका पुरातात्विक क्षेत्र, लुम्बिनी, पोखरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’
राष्ट्रसङ्घका महासचिव गुटेरेसको भ्रमणको सुरक्षा नेतृत्व सेनाले गर्ने
कात्तिक १२ मा नेपाल आउँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस
राष्ट्रसङ्घको दाबी– युक्रेनी रकेटले ओलेनिभ्का जेलमा हमला गरेको होइन
फाँसीको प्रावधान हटाउन संयुक्त राष्ट्रसङ्घको आग्रह
राष्ट्रसङ्घका उपमहासचिव जिन–पियरेद्वारा लुम्बिनी भ्रमण