वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

सफल खबर संवाददाता

शनिबार, ११ कार्तिक २०८०, १२ : २५
वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

तनहुँ । बाम शक्तिहरू एकताका लागि तनहुँको शुक्लागण्डकीमा संयुक्त कमिटी गठन भएको छ । उनीहरुले नगरभित्रको बाम शक्तिलाई एकताबद्ध बनाउन पहल गर्नेछन् । कमिटीको संयोजकमा नेकपा एमालेका मुक्ति तिम्सिना छन् भने सह संयोजकमा नेकपा माओवादीका मनराज गुरुङ छन् । 

बाम शक्तिका नेताहरू सम्मिलित ११ सदस्यीय कमिटी गठन गरिएको नेकपा माओवादीका नेता तथा शुक्लागण्डकी नगरपालिकाका मेयर खुमबहादुर विकले जानकारी दिए । ‘उहाँहरूले नगरभित्रको पार्टी एकीकरणको पहल गर्नुहुन्छ । यहाँबाट देशव्यापी सन्देश जानेछ,’ उनले भने, ‘कम्युनिस्ट पार्टी एकैठाउँमा भए राम्रो हुन्छ । हामीले त्यसको सन्देश यहाँबाट दिन लागेका हौँ ।’ 

एमाले, माओवादी, एकीकृत समाजवादी लगायत सबै पार्टीलाई एकीकरण गर्ने तयारी उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस