महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

सफल खबर संवाददाता

शनिबार, ११ कार्तिक २०८०, ११ : ४०
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

काठमाडौं । मदिरा पिएर महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख निलम्वनमा परेका छन । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईलाई कर्णाली प्रहरी प्रदेश कार्यालयले निलम्वन गरेर छानवीन शुरु गरेको छ ।

डीएसपी भट्टराई यस अघि पनि यस्ता खाले हर्कत गरेर कारवाहीमा पर्दै आएका अफिर हुन । मदिर पिएर महिलामाथि दुर्व्यवहार गरेको उजुरी परेपछि डिएसपी भट्टराइलाई गृह मन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए ।

हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जानकारी दिएको छ । डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस