हेटौँडाबाट ९ जना जुवाडे पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, ०७ : ४८
हेटौँडाबाट ९ जना जुवाडे पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेडौँडाबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ । 

हेटौँडा–७ स्थित देवी बन टोलमा  गोकुलनाथ पौडेलको घरमा तास खेल्ने ९ जनालाई ४ लाख ६५ हजार रुपैयाँ नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए । 

पक्राउ पर्नेमा हेटौंडा ८ का अजय खड्का, मन्दिप पौडेल, रोहित कुमार केबी, भरत तितुङ, हेटौंडा ७  का रुपक चौलागाई, बिरेन्द्र खत्री, गोकुल नाथ पौडेल, सबिन चौलागाई र हेटौंडा १५  का ओम घलान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस