भरतपुर महानगरकी मेयर दाहाल र रसियान राजदुत नोभिकोभबिच भेट

सफल खबर संवाददाता

विहीबार, ०९ कार्तिक २०८०, १९ : १४
भरतपुर महानगरकी मेयर दाहाल र रसियान राजदुत नोभिकोभबिच भेट

चितवन । भरतपुर महानगरकी मेयर रेनु दाहाल र रसियान राजदुत असेक्सेई नोभिकोभबिच भेटवार्ता भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को पूर्व सन्ध्यामा मेयर रेनु दाहालले विहिवार राजदुत नोभिकसंग भेटवार्ता गरेका छन ।   

नेपाल स्थित रसियान दुतावास परिसरमा भएको भेटमा द्विपक्षिय हितको विषयमा कुराकानी भएको थियो । भेटका क्रममा भरतपुरका मेयर रेनु  दाहाले रसियासंग सहकार्य गर्ने आफ्नो ईच्छा रहेको व्यक्त गर्दै  राजदुत असेक्सेई नोभिकोभलाई भरतपुरको समग्र विकासका लागि सहयोग गर्न आग्रह गरिन् । रसियासंग सहकार्य गर्न इच्छुक छु ,भरतपुर विकास मोडलमा अगाडी बढीरहेको छ, फ्लाई ओभर,रिगं रोड विस्तारसगै ,शिक्षा,,स्वास्थ्य, पर्यटनको क्षेत्रमा लगानी आवश्यक छ मेयर दाहालले भने भरतपुरको समग्र विकासका लागि  सहकार्य सहकार्र्य गर्न आग्रह गर्दछु ।  उनले भरतपुर सुन्दर, सफा, हराभरा शहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबिच सहकार्य अपरिहार्य रहेकोमा जोड दिईन्।

 भेटमा राजदुत असेक्सेई नोभिकोभले मेयर रेनु दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए ।  उनले रसियाले भरतपुरको विकास र चर्चा नजिकबाट नियालीरहेको बताउँदै भरतपुरको विकास मोडलमा आफु सहकार्य गर्न तयार रहेको बताए । उनले भरतपुरमा शिक्षा, कृषि,पर्यटन र पूर्वाधार विकासमा रसियाले सहकार्य गर्न  ईच्छुक रहेको स्पष्ट पनि पारे। 

उनले भरतपुरमा मेटो रेल, फ्लाई ओभर,सडक, रिङ्गरोडको पुर्वाधार र  शिक्षामा सतप्रतिशत  छात्रवृत्तिमा पहिलो चरणमा सहकार्य गर्न ईच्छुक रहेको बताए। चाडैँ भरतपुर महानगरमा आएर रसियाका  शरहरसंग भागिनी सम्बन्ध र पूर्ण छात्रबृद्धि कार्यक्रमका लागि सम्झौता गर्ने  बताए। भरतपुरको स्थानीय  सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफु हर्षित भएको समेत बताए । 

मेयर दाहालले  भरतपुरले सन् २०२४ लाई भमण बर्षको रूपमा मनाउन लागेको जानकारी दिदैँ भमणको  निम्ता समेत दिईन् ।  महानगरपालिका भित्र रहेका ३० वटा गन्तव्यको प्रचार प्रसार र प्रबद्र्धन गर्दै भ्रमण वर्ष २०२४  मनाउन लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस