प्रधानमन्त्री प्रचण्ड भोलि रुकुम पश्चिम जाँदै

रासस

बुधबार, ०८ कार्तिक २०८०, १८ : १६
प्रधानमन्त्री प्रचण्ड भोलि रुकुम पश्चिम जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबार रुकुम पश्चिम जाने भएका छन् ।

रुकुम पश्चिम जिल्लाको बाँफीकोट गाउँपालिका–६ मग्मामा लाग्ने शहीद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम जाने भएका हुन् ।

मेला आयोजक समितिका अध्यक्ष हरिबहादुर खत्रीले उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड आउने जानकारी दिए ।

मेलाको अवसरमा खुला स्वच्छ वडा स्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता, पुरुष ब्याडमिन्टन प्रतियोगिता र लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय झाँकी, मयुर नाच, सिंगारु नाच प्रदर्शनीका साथै स्थानीय कलाकारको समेत मेलामा प्रस्तुति रहने मेला आयोजक समितिका संंयोजक खत्रीले बताए ।

भोलि बिहीबार बिहान हेलिकोप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम जाने र भोलि नै फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस