पूर्व राष्ट्रपति भण्डारीद्वारा बडादसैँको शुभकामना व्यक्त

सफल खबर संवाददाता

आइतबार, ०५ कार्तिक २०८०, १४ : ५५
पूर्व राष्ट्रपति भण्डारीद्वारा बडादसैँको शुभकामना व्यक्त

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अवसरमा शुभकामना दिएकी छन्।

उनले नेपालीहरूको महान् चाड बडादसैँमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्व हाम्रो सभ्यता, धर्म, संस्कृति र जीवनपद्धतिसँग अभिन्न रूपमा जोडिएको भन्दै असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँ पर्वको आर्थिक र सामाजिक पक्ष समेत उत्तिकै महत्त्वपूर्ण रहेको बताइन्।

‘ग्रामीण कृषि समाज र शहरी औद्योगिक समाजमा दसैँजस्ता चाड पर्वले पार्ने मनोवैज्ञानिक प्रभाव अवश्य नै फरक रहेको छ। कृषिबाट क्रमशः अन्य पेसातिर सङ्क्रमण गरिरहेको समाज तथा यातायात र सञ्चारको विकास एवं जीविकोपार्जनका माध्यममा आएको परिवर्तनका कारण मीठो खान, राम्रो लगाउन र आफन्तसँग भेटघाट गर्न अब दसैँको प्रतीक्षा गरिरहनु पर्दैन।’ उनको शुभकामना सन्देशमा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस