काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४७औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आइतबार एंगोला प्रस्थान गरेका छन्।
अफ्रिकी मुलुक एंगोलाको राजधानी लुवाण्डामा कात्तिक ६ देखि १० (अक्टोबर २३–२७) मा हुने १४७औं महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
‘शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ सम्पन्न हुने महासभामा भाग लिन राष्ट्रिय सभाका सदस्यद्वय कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधि सभाका सदस्य दय रुपा सोसी चौधरी र सन्तोष परियार तथा संघीय संसदका महासचिव डा भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिबिक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारविज्ञ (प्रेस सल्लाहकार) दुर्गाप्रसाद शर्मा पनि त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ कार्तिक २०८०, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नामावली पुस १९ गते प्रकाशन हुने
सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न - तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै