काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४७औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आइतबार एंगोला प्रस्थान गरेका छन्।
अफ्रिकी मुलुक एंगोलाको राजधानी लुवाण्डामा कात्तिक ६ देखि १० (अक्टोबर २३–२७) मा हुने १४७औं महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
‘शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ सम्पन्न हुने महासभामा भाग लिन राष्ट्रिय सभाका सदस्यद्वय कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधि सभाका सदस्य दय रुपा सोसी चौधरी र सन्तोष परियार तथा संघीय संसदका महासचिव डा भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिबिक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारविज्ञ (प्रेस सल्लाहकार) दुर्गाप्रसाद शर्मा पनि त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ कार्तिक २०८०, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन