चार महिनामा १ करोडको तास भित्रियो

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, १४ : ०९
चार महिनामा १ करोडको तास भित्रियो

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को २ महिनाको अवधिमा ४ करोडभन्दा धेरैको तास भित्रिएको छ । भन्सार विभागका अनुसार चालू वर्षको साउनदेखि भदौ महिनाको अवधिमा ६ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको तास भित्रिएको हो ।

तथ्यांकअनुसार यस अवधिमा २२ लाख ९७ हजार पिस तास भित्रिएको छ । उक्त परिणामको तास भित्रिँदा ४ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा चीनबाट ६ करोड १ लाख रुपैयाँको तास भित्रिएको छ ।

यस्तै, भारतबाट ४३ लाख ६३ हजार रुपैयाँको तास भित्रिएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ करोड ३ लाख रुपैयाँको तास भित्रिएको थियो । सो अवधिमा ६ लाख ७८ हजार पिस तास भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस