प्रधानसेनापति शर्मा चीन जाँदै

सफल खबर संवाददाता

शुक्रबार, ०३ कार्तिक २०८०, १९ : ११
प्रधानसेनापति शर्मा चीन जाँदै

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाली सेनाका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म बेइजिङमा आयोजना हुने १० औँ सियाङसान फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा चीन जान लागेका हुन् ।

उनी कात्तिक १० गते चीनको बेइजिङ प्रस्थान गर्नेछन् । सियाङसान फोरम एसियाको सुरक्षा र रक्षा विषयमा छलफल गर्ने एक बहुपक्षीय संवाद प्ल्याटफर्म हो ।

प्रतिक्रिया दिनुहोस