काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक अन्तिम साता युरोपेली राष्ट्र फ्रान्स र जर्मनीको भ्रमण गर्ने भएका छन् । फ्रान्सको पेरिसस्थित नेपाली दूतावास स्रोतका अनुसार राष्ट्रपति पौडेल कात्तिक २४ र २५ गते हुने पेरिस पिस फोरमको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
पेरिस पिस फोरम सम्मेलनको यो छैटौँ संस्करण हो । यो वर्ष सम्मेलनको थिम ‘प्रतिद्वन्द्वी विश्वमा साझा मैदानको खोजी’ रहेको छ ।सम्मेलनमा धेरै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, व्यवसायी, विकास बैंक, फाउन्डेन र एनजीओका प्रतिनिधि सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल