गुल्मीमा सुपथ मूल्यको पसल खुलेन

रासस

शुक्रबार, ०३ कार्तिक २०८०, १५ : ३७
गुल्मीमा सुपथ मूल्यको पसल खुलेन

गुल्मी । दशैं तिहार पर्वलाई मध्य नजर राखेर सरकारले सञ्चालन गर्ने भनिएको सुपथ मूल्यको पसल गुल्मीमा भने सञ्चालनमा आएको छैन् । जसले गर्दा चाडपर्वको समयमा उपभोक्ताले महङ्गो मूल्य तिरेर भएपनि चाडपर्व मनाउनुपर्ने अवस्था भएको छ ।

चाडपर्वको बेला उपभोक्तालाई सहुलियत दिन भन्दै सरकारले असोज २१ गतेदेखि गुल्मी सहित ४२ जिल्लाको ४८ ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने भनिएको थियो । तर गुल्मी जिल्लामा भने सञ्चालनमा आएको छैन् ।

नेपालीहरुका महान पर्वमा अन्य समयमा भन्दा बजारमा किनमेलको चाप पनि बढने गर्दछ । अहिले बजारमा चिनी, मसला लगायत खाद्ययन्नमा अचाक्ली मूल्य बृद्धि भएको छ ।

सरकारले चाडपर्वको समयमा सहुलियत पसल खोल्ने आशा देखाए पनि पसल सञ्चालन नगरेर नागरिकलाई निरासा बनाएको धुर्कोट गाउँपालिका वाग्ला निवासी केशव घिमिरेले बताए । उनले व्यपारीहरुले लाप्रवाही ठोकी रहेकाले बताए ।

प्रतिक्रिया दिनुहोस