अनुगमनमा आक्रामक बन्दै विभाग, एकैदिन ४ लाख ८७ हजार जरिवाना

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, ११ : २८
अनुगमनमा आक्रामक बन्दै विभाग, एकैदिन ४ लाख ८७ हजार जरिवाना

काठमाडौँ । दसैँ नजिकिएसँगै बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आक्रामक देखिएको छ । विभागले हिजो बुधवारको बजार अनुगमनका क्रममा एकै दिन ४ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको कारबाही गरेको हो ।

विभागले हिजोको बजार अनुगमनका क्रममा उपत्यका र आसपासका जिल्लाका व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागका प्रवक्ता आनन्द पोखरेलका अनुसार ५ कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, एक कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

विभागले रामनगरको होटेललाई १० हजार जरिवाना गराएको छ । होटेलले रिलेवलिङ गरिएको गुणस्तरहीन वस्तुको बिक्री गरेको पाइएको थियो । यस्तै, चितवनको होटेललाई २५ सय रुपैयाँ, सलाङघाटको होटेललाई १० हजार जरिवाना गरेको छ ।

रामनगरकै किराना पसललाई १० हजार, चितवनको किराना पसललाई १० हजार, मुग्लिङको होटेललाई २४ हजार ५००, खिचापोखरीको रेडिमेड तथा थान कपडालाई १५ हजार, धार्केको खाद्य वस्तु पसललाई २० हजार, धादिङको होटेललाई २० हजार जरिवाना गराएको छ ।

यस्तै, नवलपरासीको होटेललाई ५० हजार, मुग्लिङको पसललाई १ लाख जरिवाना गरिएको छ । बाजोखेत काभ्रेको होटेललाई ५० हजार, ताम्राकार कम्प्लेक्सको इलेकट्रोनिक्सलाई ५० हजार, गल्छीको दुई किराना पसललाई समान ५०/५० हजार र धुलिखेलको होटेललाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस