दशैँ लक्षित निगमका सबै जहाज सञ्चालनमा

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १५ : ०२
दशैँ लक्षित निगमका सबै जहाज सञ्चालनमा

काठमाडौँ । नेपाल वायुसेवा निगमले आफ्ना सबै जहाज सञ्चालनमा ल्याएको छ । गत केही दिनदेखि निगमका जहाजहरुमा प्राविधिक समस्या आएका कारण जहाज अल्पकालीन ग्राउन्डेड भई उडानहरु प्रभावित भएको थियो । नियमानुसार आवश्यक मर्मत पश्चात ती जहाज पुनः सञ्चालनमा ल्याइएको निगमले जनाएको छ ।

दशैँ वेला उडान चाप हुने भएकाले चाडपर्व लक्षित गर्दै निगमले असोज २९ गतेदेखि आफ्ना सबै जहाजहरु नियमित उडानमा ल्याएको जनाएको हो । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरुलाई आ–आफ्नो गन्तव्यमा पुग्न सहज हुनेछ निगमको विश्वास रहेको छ ।

‘अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुवर्गमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता समस्या न्यूनिकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान निगम प्रतिवद्ध रहेको छ,’ निगमद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस