सुर्खेत । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा मृत अवस्थामा भेटिएकी छिन् । ती महिलाकाे महिलाको विभत्स तरिकाले हत्या गरिएको बताईएको छ ।
मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी मुसीकोट नगरपालिका –७ साँख घर भइ मुसीकोट नगरपालिका १ छिङस्थित माईती घरमा बस्दै आएकी २८ वर्षिया भावना बिकको घाँटी रेटेर हत्या गरिएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार घटनास्थल प्रकृति हेर्दा महिलाको हत्या विभत्स तरिकाले गरिएको छ । डिएसपी भट्टराईले घाँटी रेटिएको र आँखा छोपिएको अवस्थामा शव रहेको बताए ।
प्रहरीले घटनास्थलबाट धारिलो चक्कु समेत बरामद गरेको छ । महिलाको घाँटिको भाग आधा भन्दा बढी छिनाईएको छ ।
प्रहरीले महिला हत्याको घटनाको अनुसन्धानको लागि कुकुरसहितको अनुसन्धान टोली मगाएको थियो । मंगलबार बेलुका घटनास्थल पुगेको कुकरसहितको बिशेष प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । घटनाको सफल अनुसन्धानको नजिक पुगिसकेको प्रहरीले जनाएको हाे ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ । पक्राउ परेकाको विवरण भने सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै