काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा लोक दाहालले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावमा रमेश दाहाल र खुम गुरुङ तथा समर्थकमा सुरज न्यौपाने र सीता कुमारी दाहाल रहेका छन् ।
दाहाल वर्तमान कमिटीका कोषाध्यक्ष हुन्। उनले राजेन्द्रकुमार (आरके) शर्मा समूहबाट सचिव पदमा निर्वाचनमा सहभागी भएका हुन् । उनी एनआरएनए अभियानका लोकप्रिय अभियन्ता तथा सफल व्यवसायीको रूपमा चिनिन्छन् ।
एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय दाहालले आफू एकैचोटि नभई स्टेप वाई स्टेप जिम्मेवारी वहन गर्दै अघि बढेको बताए । धादिङ घर भएका दाहाल बेल्जियमलाई कर्म थलो बनाई नेपालसम्म विभिन्न क्षेत्रका व्यवसायमा सफल हुँदै गएका छन् । उनी एनआरएनए बेल्जियमको महासचिव, अध्यक्ष, आइसिसीको सहकोषाध्यक्ष हुँदै हाल कोषाध्यक्षको जिम्मेवारीमा रहेका हुन् ।
पारदर्शी प्रशासन: खुला र समावेशी सूचना, दोस्रो पुस्ताका लागि सबल र अबल संघको निर्माण, सहयोगात्मक सञ्जालको निर्माणलगायतका एजेन्डा उनले अघि सारेका छन् । ५ जना निर्वाचित हुने सचिव पदमा १५ जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की