भ्रमण गएकी एक विद्यार्थीले हजुरआमालाई वृद्धाश्रममा देखेपछि...

एजेन्सी

शुक्रबार, ०८ भदौ २०७५, ११ : ३०
भ्रमण गएकी एक विद्यार्थीले हजुरआमालाई वृद्धाश्रममा देखेपछि...

तस्विर: बीबीसी हिन्दी

चितवन । मानव जीवन सम्बन्ध भन्दा बाहिर सम्भव छैन ।  सम्बन्धहरुले जीवन निरन्तर चलिरहन्छ । हजुर आमा र नातिनीको सम्बन्ध धेरै गाढा हुन्छ । यस्तै सम्बन्ध झल्काउने हजुर आमा र नातिनीको तस्विर  यतिखेर सामाजिक संजालमा भाइरल भइरहेको छ ।

 ती तस्विरहरुबाट प्रस्ट हुन्छ की हजुर आमा र नातिनीबीचको सम्बन्ध कस्तो  हुन्छ ?  मर्मस्पर्सी तस्बिरहरु  केही दिन यता भारतीय सञ्चारमाध्यम र नेपालका सामाजिक सञ्जालमा भाइरल भेरहेको छ । तस्बिरमा एक बालिका र वृद्धा रोइरहेका देखिन्छन् ।

एक स्कुलले आफ्नो विद्यार्थिहरुलाई वृद्धाश्रमको भ्रमणमा लाने योजना बनायो । भ्रमणको क्रममा वृद्धाश्रम पुगेपछि एक बालिका वृद्ध महिलालाई देखेर रुन थालिन् । र बालिकालाई देखेर ती वृद्धा पनि रुन थालिन् । बालिका दौडेर वृद्ध महिलालाई अंगालो हालिन् । उक्त दृश्य देखेर त्यहाँ उपस्थित कयौँ मान्छे छक्क परे ।

वृद्ध महिला बालिकाको हजुरआमा थिए ।  बालिकाले  घरमा आफ्ना आमा बाबुसंग हजुरआमाबारे सोध्ने  गर्दा हजुरआमा नातेदारलाई भेट्न गएको जबाफ दिएको स्रोतले जनाएको छ। सूचनाअनुसार वृद्धा आफ्नै स्वेच्छाले  वृद्धाश्रममा  गएर  बसेका थिए ।

उक्त तस्बिर आजभन्दा करिब ११ वर्ष पहिले गुजरातका वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले खिचेका थिए । उनले बीबीसीको गुजराती संस्करणसँग कुरा गर्दै उक्त खुलासा गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस