काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशन सुरु भएको छ । काठमाडौँको सोल्टी होटेलमा महाधिवेशन सुरु भएको हो । आगामी शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
आगामी नेतृत्वका लागि चुनावी मैदानमा सदस्यहरु उत्रिएका छन् । जसमध्ये एक हुन् रोबिन शेरचन । उनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
उनका यी हुन् एजेण्डा :
– एनआरएनएको गरिमा उच्च कायम राख्दै जनमैत्री, प्रविधिमैत्री, सर्वसुलभ पहुँच र परिणाममुखी बनाउनका लागि हालको पद्धतिलाई रूपान्तरण गरी प्रभावकारी कार्य योजनाका साथ अगाडि बढिनेछ ।
– नेपालमा भित्रिने रेमिटेन्स रकम अधिकांश उपभोग्य बस्तुमा खर्च हुने ड्डगरेको छ । यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने ।
– लगानीको सुरक्षाको ग्यारेन्टी हुने गरी ठुला मात्र नभई साना तथा मझौला आय भएका गैर आवासीय नेपालीलाई पनि विभिन्न ड्ड आयोजनाहरुमा सहभागी गराई लगानी अभिवृद्धि गर्ने कार्य प्रारम्भ गरिने ।
–परदेशमा श्रम गरिरहेका, विभिन्न किसिमका कठिनाइ भोगिरहेका पीडित गैर आवासीय नेपालीहरूका लागि एउटा सामूहिक अक्षय कोषको स्थापना गरी राहत महसुस हुने गरी कार्य प्रारम्भ गरिनेछ ।
–एनआरएनएको घेराभन्दा बाहिर रहेको बौद्धिक, सीपयुक्त, युवा, दोस्रो पुस्ता लगायतको जनशक्तिलाई संस्थाको परिधिभित्र ल्याई सक्षम जनशक्ति र उच्च प्रविधिलाई नेपालमा भित्र्याउने अवसर सृजना गरी राष्ट्रको अर्थतन्त्र र विकासलाई सहयोग पु-याउने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए