एनआरएनए : उपाध्यक्षका उम्मेदवार रोबिन शेरचनको यी हुन् एजेण्डा

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, १५ : ४३
एनआरएनए : उपाध्यक्षका उम्मेदवार रोबिन शेरचनको यी हुन् एजेण्डा

काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशन सुरु भएको छ । काठमाडौँको सोल्टी होटेलमा महाधिवेशन सुरु भएको हो । आगामी शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

आगामी नेतृत्वका लागि चुनावी मैदानमा सदस्यहरु उत्रिएका छन् । जसमध्ये एक हुन् रोबिन शेरचन । उनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । 

उनका यी हुन् एजेण्डा : 

– एनआरएनएको गरिमा उच्च कायम राख्दै जनमैत्री, प्रविधिमैत्री, सर्वसुलभ पहुँच र परिणाममुखी बनाउनका लागि हालको पद्धतिलाई रूपान्तरण गरी प्रभावकारी कार्य योजनाका साथ अगाडि बढिनेछ ।

– नेपालमा भित्रिने रेमिटेन्स रकम अधिकांश उपभोग्य बस्तुमा खर्च हुने ड्डगरेको छ । यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने ।

– लगानीको सुरक्षाको ग्यारेन्टी हुने गरी ठुला मात्र नभई साना तथा मझौला आय भएका गैर आवासीय नेपालीलाई पनि विभिन्न ड्ड आयोजनाहरुमा सहभागी गराई लगानी अभिवृद्धि गर्ने कार्य प्रारम्भ गरिने ।

–परदेशमा श्रम गरिरहेका, विभिन्न किसिमका कठिनाइ भोगिरहेका पीडित गैर आवासीय नेपालीहरूका लागि एउटा सामूहिक अक्षय कोषको स्थापना गरी राहत महसुस हुने गरी कार्य प्रारम्भ गरिनेछ ।

–एनआरएनएको घेराभन्दा बाहिर रहेको बौद्धिक, सीपयुक्त, युवा, दोस्रो पुस्ता लगायतको जनशक्तिलाई संस्थाको परिधिभित्र ल्याई सक्षम जनशक्ति र उच्च प्रविधिलाई नेपालमा भित्र्याउने अवसर सृजना गरी राष्ट्रको अर्थतन्त्र र विकासलाई सहयोग पु-याउने ।

प्रतिक्रिया दिनुहोस