इच्छाकामनामा धमाधम वडा सचिवहरुको राजिनामा

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०७५, ११ : ०४
इच्छाकामनामा धमाधम वडा सचिवहरुको राजिनामा

चितवन । चितवनको एकमात्र गाँउपालिका इच्छाकामनामा कार्यरत केहि वडाका सचिवहरुले राजिनामा दिएका छन् ।
शुक्रबार ७ वटा वडा रहेको इच्छाकामनाको १ र २ वडाको जिम्मेवारीमा रहेका सचिव दामोदर भट्टराई, ३, ४ र ५ नम्बर वडाको जिम्मेवारीमा रहेका सचिव निलकण्ठ लामिछाने, ६ नम्बर वडाको जिम्मेवारीमा रहेका सचिव देविरमण शर्मा र ७ नम्बर वडाको जिम्मेवारीमा रहेका सचिव कपिल दाशले एकै साथ गाँउपालिकाका प्रशासकिय अधिकृत नरहरि सापकोटा समक्ष राजिनामा पत्र बुझाएका हुन् ।

यसरी वडाका सचिवहरुले एकै पटक राजिनामा दिँदा भोलिदेखि गाँउपालिकाको प्रशासनिक कामकाजमा समस्या पर्ने देखिएको छ । यस विषयमा गाँउपालिकाका प्रशासनिक अधिकृत नरहरी सापकोटासँग कुराकानी गर्दा उहाँहरुले पहिले देखि नै राजिनामा दिन्छु भनेर भनिरहनु भएको त थियो तर यसरी एक्कासी सचिवहरुको एकैचोटि राजिनामा आएको छ, यसले गाँउपालिकाको काममा केहि समस्या चाहि पर्न सक्ने बताउनु भयो ।

आफुहरुको सेवा अवधि पुरा भएर पनि लामो समयसम्म काम गरिरहेको र अब नयाँ आउने पिढीको कर्मचारीहरुलाई सहजताका लागि आफुहरुले राजिनामा दिएको राजिनामा दिने मध्यका एक सचिव निलकण्ठ लामिछानेले बताउनुभयो ।

गाँउपालिका अध्यक्ष गीता कुमारी गुरुङले कर्मचारीहरुसँग जनप्रतिनिधीको त्यस्तो कुनै मतभेद नभएको र आजसम्म सौहार्दपूर्ण वातावरणमा नै काम भैरहेको बताउनु भयो ।
 

प्रतिक्रिया दिनुहोस