सुर्खेत । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् । मृतकको पहिचान भने खुलेको छैन । होटेलको कोठा नम्बर १ मा महिलाको शव भेटिएको हो ।
प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ठेगाना भएका विकास केसीको नामबाट गत आइतबार होटेलको कोठा बुक भएको देखिन्छ । सिरकले शव छोपेको अवस्थामा महिलाको शव रहेको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली आउने भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिमप्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली आउन लागेको हो । कुकुरसहितको टोली आउन लागेकोले शव नचलाइएको र होटेलमै सुरक्षा दिइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० लाख नदिए बलात्कारमा फसाइदिने धम्की दिने महिलालाई कैद सजाय
माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्छ : मन्त्री चौधरी
सन २०१७ देखी बन्धक भएकी एक महिलाका अमेरिकन प्रहरीद्दार उद्दार
महिलाको शव निर्वस्त्र अवस्थामा फेला
साढे चार किलो चरेश भारत लैजाँदै गरेकी महिला पक्राउ