काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुरलाई नियन्त्रणमा लिएको छ।
कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको हो।
सेवाग्राहीबाट नगद रु.७० हजार रुपैयाँ र रु ५५ हजारको रुपैयाँको चेक गरी जम्मा रु. १ लाख २५ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो। उनीहरूलाई झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट आज पक्राउ गरिएको हो। थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन