कैलाली । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक इतिहासको सर्वाधिक जटिल मोडमा रहेको बताएका छन् । कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा बोल्दै उनले विश्वको भूराजनीति र बाछिटाहरूबाट नेपालमा प्रभाव परेको र देश जटिल मोडमा रहेको बताएका हुन् ।
‘इतिहासको सर्वाधिक जटिल मोडमा नेपाल पुगेको छ । अहिले कम्युनिष्टहरुको भविष्य छैन भन्ने चर्चा सुरु हुन थालेका छन्’, उनले भने, ‘नेपालको जिम्मा अरूले होइन, नेपालको जिम्मा माओवादी, कम्युनिष्टहरू र समाजवादी धारका पार्टीले लिनुपर्छ ।’
विप्लवले खुलेरै माओवादी केन्द्रको चर्चा र प्रशंसा गरेका थिए । ‘यो देशमा समस्या पर्दा काँध थाप्ने भनेको माओवादीले हो’, उनले भने । नेपाली जनतालाई स्वतन्त्रता, समानता र स्वाधीनता चाहिएको भन्दै उनले दलाल र पूँजीपतिहरुले सत्ता कब्जा गरेको बताए ।
‘जसले क्रान्ति गर्यो, ती मान्छेहरू लज्जित भएका छन् । दलालहरू हावी भएका छन्’, उनले भने, ‘नेपालमा सैन्य अखडा बनाउने काम भइरहेको छ । भारतमा कहीं ठाउँ पूजा गर्न पनि नेपाल पाउनुपर्ने भएको छ ।’
समाजवादी मोर्चालाई अझै बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपाको आजवाट पोलिटब्युरो बैठक
प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता
एसपीपी सम्झौता गर्ने, बीआरआई रोक्ने षड्यन्त्र भइरहेको छ : विप्लव
नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपाको जनसभालाई एक बजे सम्बोधन गर्ने
नेकपाको सामूहिक कृषि अभियान, विप्लव आलु रोप्न व्यस्त
‘विप्लव’ले बोलाए समाजवादी मोर्चाको बैठक