ब्राजिल फुटबलका पूर्वअध्यक्षलाई जेल

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ भदौ २०७५, ०८ : ५०
ब्राजिल फुटबलका पूर्वअध्यक्षलाई जेल

ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोसे मारिया मरिनलाई भ्रस्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ ।
बुधबार ब्रुकलिन फेडेरल कोर्टले ८६ वर्षीय मरिनलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाएको हो । सरकारी वकीलले उनीमाथि १० वर्षको जेल सजाय माग गरेपनि ढल्कंदो उमेर र खराब स्वास्थ्यका कारण उनको सजाय अवधि कम गरिएको हो । जेल सजायका साथै उनलाई १२ लाख डलर जरिवाना समेत सुनाइएको छ ।

सन् २०१५ मा जुरिचको एक होटलबाट फिफा अधिकारीहरु पक्राउ पर्दा उनी पनि त्यसमा सामेल थिए । कोपा अमेरिका प्रतियोगिताको प्रसारणका लागि सम्झौता गर्ने क्रममा घुस लिएको उनले स्वीकारेका थिए । यसअघि फिफाको भ्रस्टाचार काण्डमा दर्जनौ ब्यक्तिमाथि कारवाही गरिएको थियो । एजेन्सीलाई उदृत गर्दै आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस