रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले उद्योगी व्यवसायीको समस्या र अहिलेको अर्थसंकट बुझ्नै नसकेको बताएका छन् । सत्ता टिकाउन जस्तोसुकै सम्झौता गर्ने तर कार्यान्वयनमा ध्यानै नदिने प्रवृतिले थप संकट आइलागेको बताउँदै उनले पछिल्लो चिर्कटो सम्झौता त्यसैको उदाहरण भएको बताए ।
रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनको सोमवार बुटवलमा उद्घाटन गर्दै उनले राष्ट्रको अर्थतन्त्र भयावह हुँदा पनि त्यसतर्फ सोच्ने सरकारलाई फुर्सद नभएको आरोप लगाए ।
‘सरकारलाई देशको अर्थतन्त्रका समस्याबारे कुनै मतलब छैन, चासो छैन, सत्ता र सरकार टिकाउने, कागजमा लेखेको चिर्कटो सम्झौता गर्दा ठीक्क छ, देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका बारेका कहाँ छलफल गर्छ १ सरकारको ध्यान यो गठबन्धन जोगिनुपर्यो भन्नेमा मात्र केन्द्रित छ’ उनले भने ।
जनता र राष्ट्रका समस्या समाधान गर्न नसक्ने गठबन्धन सरकारको कुनै अर्थ नभएको उनले टिप्पणी गरे । देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार अझै नगरेको पौडेलले बताए । सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी सन्तुष्ट हुने अवस्था नभएको पूर्वअर्थमन्त्रीसमेत रहेको उनको भनाइ छ । उद्योगी र व्यवसायीहरूको टाउकोमा घँगेरूको लाठी बर्साएको उनको टिप्पणी थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने
विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
पूर्व अर्थमन्त्री विष्णु पौडेललाई लगियो विशेष अदालत
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा उपस्थित
विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो
‘निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनमा गम्भीर असर, गम्भीर समीक्षा आवश्यक’ : विष्णु पौडेल