काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गरेको छ । मञ्चले विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका परिवारलाई १० हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको हो ।
मञ्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मृतक परिवारका लागि सहयोग रकम हस्तान्तरण गरेका हुन्। ओली निवास बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले एमाले अध्यक्ष ओलीलाई १० हजार अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का