पाकिस्तानमा भीडन्तः ६ जना आतङ्ककारी र १ सैनिकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २९ असोज २०८०, ०९ : ५८
पाकिस्तानमा भीडन्तः ६ जना आतङ्ककारी र १ सैनिकको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा शनिबार सुरक्षा बल र आतङ्ककारीहरूबीच भएको भीडन्तमा कम्तीमा ६ जना आतङ्ककारी र एकजना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ।

मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन (आईएसपीआर)ले जिल्लाको मिर अली क्षेत्रमा गुप्तचरको सूचनाको आधारमा सुरक्षा बलले कारबाही गरेको हो ।

कारबाहीका क्रममा आफ्नै सेना र आतङ्ककारीहरू बीच तीव्र रूपमा गोली हानाहान हुँदा ६ जना आतङ्ककारी मारिएका छन् भने, आठजना आतआङ्ककारी घाइते भएका छन् ।  आईएसपीआरले दिएको जनाकारी अनुसार १३३ वर्षीय सुरक्षाकर्मीले पनि भीडन्तमा ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस