एनआरएनएको सहकोषाध्यक्षमा कृष्ण तिमल्सिनाद्वारा उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

सोमबार, २९ असोज २०८०, ०७ : ०५
एनआरएनएको सहकोषाध्यक्षमा कृष्ण तिमल्सिनाद्वारा उम्मेदवारी दर्ता

काठमाडौ । गैरआवासीय नेपाली संघ एनआरएनएको सहकोषाध्यक्ष पदमा कृष्ण तिमल्सेनाले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनएको विधानअनुसार तीन जना सहकोषाध्यक्ष रहने व्यवस्था छ । 

तिमल्सिनाले संघको बालुवाटारस्थित कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा तिलक भट्टराई र मोहनलाल ओली तथा समर्थकमा भगिरथ योगी र सुरेन्द्र श्रेष्ठ रहेका छन् । 

तिमल्सेनाले संघको आर्थिक पारर्शिता आफ्नो मेरो मूल एजेन्डा रहेको बताए । ‘संघको आर्थिक कोषलाई बलियो, सशक्त र पारदर्शी बनाउन लागिपर्छु’, उनले भने । तिमल्सेनाले सबैको विश्वासले प्राप्त मतको कदर गर्दै सक्रियतापूर्वक गैरआवासीय नेपाली अभियानमा लाग्ने प्रतिबद्धता पनि जनाएका छन् । एनआरएनएभित्र इमानदार छवि बनाएका उनी बलियो उम्मेदवारका रूपमा हेरिएका छन् । 

धादिङको धादिङमा जन्मिएका तिमल्सेना सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय छन् । उनले यसअघि युकेको कार्यसमिति सदस्य, युकेकै उपाध्यक्ष, आइसिसी सदस्य र युरोप उपसंयोजक पदको जिम्मेवारी कुशलतापूर्वक पुरा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस