अब ८ तले घर बनाउन पाइने

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ भदौ २०७५, ०८ : ००
अब ८ तले घर बनाउन पाइने

काठमाडौं  ।  राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ । घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले नयाँ मापदण्ड लागू गरेको हो ।

यससँगै ४५ फिट अर्थात ५ तले घर बनाउन पाइने पुरानो मापदण्ड खारेज भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

अब संरक्षित उपक्षेत्रमा भवन निर्माण गर्दा घरको उचाइ फ्लोर एरिया रेसियो (फार) अधिकतम ६५ फिट अर्थात ७ तला र मिश्रित पुरानो क्षेत्रमा अधिकतम ८ तला अर्थात ७५ फिट हुनेछ ।

प्रतिक्रिया दिनुहोस