भारतमा तीव्र गतिको मिनिबस दुर्घटना हुँदा १२ जनाको मृत्यु

एजेन्सी

आइतबार, २८ असोज २०८०, १३ : ४९
भारतमा तीव्र गतिको मिनिबस दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौँ । भारतको पश्चिमी राज्य महाराष्ट्रमा आज बिहान एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। अन्य २३ जना घाइते भएका छन्।  

महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेसवे दुर्घटना भएको हो।   दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु सवार थिए। प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस