ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिश

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०७५, १९ : ३३
ओमप्रकाश मिश्र  प्रधानन्यायाधीशमा सिफारिश

काठमाडौं ।  संवैधानिक परिषद्ले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीवार अपराह्न बसेको परिषद् बैठकले मिश्रको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाएको हो ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

यसअघि सिफारिस गरिएका दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि मिश्रलाई सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस