काठमाडौं। दशैं मान्न भारतबाट घर फर्किने नेपालीको सहजताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरेको छ । कैलालीको गौरीफन्टा नाकामा आइतवारदेखि हेल्प डेस्क स्थापना गरिएको हो ।
दशैंमा स्वदेश फर्किने नेपालीलाई सहज होस् भनेर डेल्प डेस्क स्थापना गरिएको रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए ।
‘भारतबाट आउने नेपालीलाई समन्वय गर्नका लागि हेल्प डेस्क स्थापना गरेका छौं । सुदूरपश्चिमका पहाडमा जानेका लागि बससँग समन्वय गरिदिएका छौं,’ विष्टले भने । स्वदेश फर्किनेहरूलाई पानीको बोत्तल समेत उपलब्ध गराइएको छ ।
हेल्प डेस्कमा बस्ने स्वयंसेवकले स्वदेश फर्केकाहरूसँग भारतमा काम गर्ने स्थानको बारेमा समेत जानकारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, ११ : ४६
लेखकबाट थप