सर्वोच्च अदालतको रिहालगत्तै प्रकाण्ड तेस्रोपटक पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०७५, १९ : २५
सर्वोच्च अदालतको रिहालगत्तै  प्रकाण्ड तेस्रोपटक पक्राउ

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै पुनः तेस्रो पटक पक्राउ परेका छन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो ।

बिहीवार बन्दी प्रत्यक्षी करणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश द्वय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।

तर, प्रकाण्डविरुद्ध जिल्ला अदालत भोजपुरले वारेन्ट जारी गरेकाले प्रहरीले उनलाई पुनः पक्राउ गरेको हो । सर्वोच्चको आदेशानुसार बिहीवार उनलाई सर्वोच्चमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले नै प्रकाण्डलाई पक्राउ गरेर लगेको हो ।

‘पक्राउ गरेर प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय, भोजपुर पठाएका छौं,’  महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी)मोहन थापाले भने, ‘भोजपुरमा उहाँको नाममा ज्यान मार्ने उद्योग र बम बिस्फोट गराएको मुद्दा दर्ता भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस