वाईड वडि बिमान खरिदका बिषयमा छिटै सत्यतथ्य बाहिर आउँछ : मन्त्री अधिकारी

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०७५, १८ : ४८
वाईड वडि बिमान खरिदका बिषयमा छिटै सत्यतथ्य बाहिर आउँछ : मन्त्री अधिकारी

काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि संघिय संसदबाट अनुमोदन भएको छ ।
बिहीबार बसेको प्रतिनिधीसभा बैठकले उक्त महासन्धीलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरिएको हो । बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तराष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यसअघि प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, सञ्जयकुमार गौतम र रामबहादुर विष्टले महासन्धिका प्रावधानका बारेमा स्पष्ट पार्न माग गर्नुभएको थियो । सांसदको प्रश्नको जवाफ दिदै मन्त्री अधिकारीले उक्त महासन्धिका प्रावधानले मुलुकलाई फाइदा हुने र अन्तराष्ट्रिय उडानमा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम समान हुने जानकारी दिनुभयो ।
त्यस्तै उहाँले वाईड बिमान खरिदका बिषयमा अध्ययन र छानविन भईरहेको भन्दै छिटै सत्यतथ्य बाहिर आउने जिकिर गर्नुभयो ।
त्यस्तै बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले राख्नुभएको जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धिको सम्मिलनमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।
प्रतिनिधिसभाको बैठक भोली शुक्रबार ११ बजे बोलाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस