सशस्त्र प्रहरीले समात्यो भारततर्फ चोरीनिकासी हुँदै गरेको तेइस क्वीण्टल मरिच

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०७५, १८ : ०९
सशस्त्र प्रहरीले समात्यो भारततर्फ चोरीनिकासी हुँदै गरेको तेइस क्वीण्टल मरिच

बारा । सशस्त्र प्रहरीे बल बाराले बिहीबार सबेरै भारततर्फ चोरीनिकासी हुँदै गरेको एक ट्याक्टर मरिच नियन्त्रणमा लिएको छ । करिब १२ लाख रुपैयाँ बराबरको २३ क्विन्टल मरिच सशस्त्र प्रहरी बल सिम्रौनगढ बीओपीले सिम्रौनगढ नाकाबाट बिनानम्बरको ट्रयाक्टरसहित नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी सिम्रौनगढको गस्ती टोलीलाई देखेपछि तस्करहरुले भारततर्फ लैजाँदै गरेको मरिचको ट्रयाक्टरलाई छाडेर चालक र तस्करहरु भागेको सशस्त्र प्रहरी बल मध्य क्षेत्रीय कार्यालय रुद्र वाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कविन्द्रमान श्रेष्ठले बताउनु भयो ।
नियन्त्रणमा लिइएको मरिच र ट्रयाक्टरलाई आवश्यक कारबाहीको लागि बिहीबार नै बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताउनु भयो । बारा नाकाबाट अहिले तस्करहरुले कहिले भारतीय नम्बरको ट्रयाक्टरबाट र कहिले बिनानम्बरको गाडीहरुबाट ब्यापक मात्रामा मरिच अवैधरुपमा भारत लैजाने गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस