रगत अभाव हुन नदिन इनरह्विलको रक्तदान

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०७५, १७ : २३
रगत अभाव हुन नदिन इनरह्विलको रक्तदान

 
चितवन । इनरह्विल क्लब अफ नारायणीले रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको छ । आज चौबिसकोठीमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका इनरह्विल क्लबका अध्यक्ष कल्पना थपलिया पाठकले जानकारी दिनुभयो । 


इनरह्विल क्लब डिष्ट्रिक ३५० नेपालको आइएसओ मनकुमारी सेनको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा आर्ट अफ लिभिङ परिवारले सहयोग गरेको थियो । 
क्लबकी अध्यक्ष कल्पना थपलिया पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री हरिप्रसाद पौडेलले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा आईडव्लु नारायणीका बोर्ड मेम्बर अन्जु शर्मा पौडेलले कोर्डिनेसन गर्नुभएको थियो । 
 

प्रतिक्रिया दिनुहोस