काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासले दाबी गरेको छ। हमासकोे सैन्य शाखा अल–कासम ब्रिगेडले पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा शहरभित्र इजरायली आक्रमणमा परी १३ विदेशी नागरिक र इजरायलीको मृत्यु भएको विज्ञप्तिमा जनाएको छ।
उत्तरी गाजा पट्टीमा छ जनाको मृत्यु भएको र गाजा शहरका अन्य छुट्टाछुट्टै स्थानमा सात जनाको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ। यता, इजरायली सेनाले उत्तरी गाजाबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएपछि यसलाई अमेरिकाले ‘कठिन’ आदेश भएको जनाएको छ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले यो आवश्यक हो तर पालना गर्न निकै कठिन भएको बताएका छन्। गत शनिबार हमासले गरेको आक्रमणब र इजरायलको जवाफी कारबाहीमा दुवै तर्फ ३ हजार मानिसको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ असोज २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओमान र इजरायलसँग श्रम सम्झौता गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास