काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासले दाबी गरेको छ। हमासकोे सैन्य शाखा अल–कासम ब्रिगेडले पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा शहरभित्र इजरायली आक्रमणमा परी १३ विदेशी नागरिक र इजरायलीको मृत्यु भएको विज्ञप्तिमा जनाएको छ।
उत्तरी गाजा पट्टीमा छ जनाको मृत्यु भएको र गाजा शहरका अन्य छुट्टाछुट्टै स्थानमा सात जनाको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ। यता, इजरायली सेनाले उत्तरी गाजाबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएपछि यसलाई अमेरिकाले ‘कठिन’ आदेश भएको जनाएको छ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले यो आवश्यक हो तर पालना गर्न निकै कठिन भएको बताएका छन्। गत शनिबार हमासले गरेको आक्रमणब र इजरायलको जवाफी कारबाहीमा दुवै तर्फ ३ हजार मानिसको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ असोज २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का