झापा । एक चिनियाँ नागरिक नेपाली नागरिकतासहित भारतबाट पक्राउ परेका छन् । नेपाल–भारतको सीमा नाका काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका उनलाई सोधखोजका क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीको टोलीले पक्राउ गरेको हो ।
सो क्रममा एसएसबीको टोलीले चिनियाँ नागरिकलाई सहयोग गरेको आरोपमा दुई जना नेपालीलाईसमेत पक्राउ गरेको छ। काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका चिनियाँ नागरिक ली शियाकाङ र उनलाई सहयोग गर्ने नेपालीहरु सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारी पक्राउ परेका हुन् ।
गाडी चढेर शुक्रबार दिउँसो भारत गएका उनीहरुलाई सोधपुछका क्रममा एसएसबीको टोलीले नियन्त्रणमा लिएको हो । एसएसबीले आवश्यक कागजपत्र माग्दा चिनियाँ नागरिक शियाकाङले नेपाली नागरिकताको फोटोकपी देखाएका थिए । तर उनले कसको नागरिकताको फोटोकपी देखाएको भन्ने कुरा खुलेको छैन ।
चिनियाँ नागरिकसहित तीनै जनालाई पक्राउ गरी एसएसबीले खोरीबारी प्रहरीलाई जिम्मा लगाएको छ । भारतीय प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ